२०८३ साउन २१ गते बिहीबार

आईपीएल प्रिभ्यू : पञ्जाबलाई बद्लाको माैका

आईपीएल प्रिभ्यू :  पञ्जाबलाई बद्लाको माैका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३० गते सोमबार ०४:५०

पोखरा । इन्डियन प्रिमियर लिग आईपीएलको आजको खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच भिडन्त हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे मुम्बईको वानखडे स्टेडियममा हुने भिडन्तलाई लिएर धेरै खाले अनुमानहरु गरिन थालेका छन् । पञ्जाव यो...

पञ्जाबले नाम बदल्यो भने राजस्थानले क्याप्टेन

पोखरा । इन्डियन प्रिमियर लिग आईपीएलको आजको खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्सबीच भिडन्त हुँदैछ । नेपाली समयअनुसार साँझ ७ः४५ बजे मुम्बईको वानखडे स्टेडियममा हुने भिडन्तलाई लिएर धेरै खाले अनुमानहरु गरिन थालेका छन् ।

पञ्जाव यो सिजन आफ्नो नाम नै परिवर्तन गरेर मैदान उत्रिएको छ । यसअघि किंग्स इलेभेन पञ्जावको नामबाट प्रतियोगितामा सहभागिता जनाइरहेको पञ्जाव अहिले पञ्जाव किंग्सको नामसहित मैदान उत्रेको हो । पञ्जाबले प्रतियोगिता अघि आफ्नो नाम र लोगो परिवर्तन गरेको हो । उता, राजस्थानले कप्तान बदलेको छ । टोलीले पूर्वकप्तान स्टिभ स्मिथलाई रिलिज गर्दै सञ्जु स्यामसनलाई नयाँ कप्तान घोषणा गरेको थियो । नयाँ निर्देशकमा कुमार संगाकारा नियुक्त भएका छन् ।

राजस्थानको टोली तीव्र गतिका बलर जोफ्रा आर्चर बिना नै मैदानमा उत्रनेछ । यस्तोमा राजस्थानको बलिङको कमान १६ करोड मूल्य रहेका क्रिस मोरिस र भारतीय बलरको हातमा हुनेछ ।

राजस्थानले पछिल्लो सिजन दुवै खेलमा पञ्जाबलाई हराएको थियो । आजको खेलमा पञ्जाब गत सिजनको बदला लिने मुडमा हुनेछ ।

दुई टोलीबीच हालसम्म २१ खेल भएको छ । जसमा राजस्थानको टोली पञ्जाबमाथि हाबी हुँदै आएको छ । राजस्थानले १२ खेल जित्दा पञ्जाबले ९ खेल जितेको छ । गत सिजन पञ्जाब छैटौँ र राजस्थान आठौँ स्थानमा सिमित बनेको थियो ।

प्रकाशित मिति २०७७ चैत ३० गते सोमबार ०४:५०
हजुरको प्रतिक्रिया