२०८३ असोज २४ गते शनिबार

नेपाली यू–१६ महिला फुटबल टिमले आज भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली यू–१६ महिला फुटबल टिमले आज भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार १०:०९

हिजो भएको प्रिम्याच प्रेस कन्फरेन्समा यु–१६ टोलीका प्रशिक्षक सुलभजंग रानाले भूटानसँगको खेल युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताए । एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा यु–१६ टोली कम तयारी भए पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

पोखरा ।

नेपालको यू–१६ महिला फुटबल टिमले आज भुटानसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो दुई बजे सुरू हुनेछ ।

हिजो भएको प्रिम्याच प्रेस कन्फरेन्समा यु–१६ टोलीका प्रशिक्षक सुलभजंग रानाले भूटानसँगको खेल युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताए ।

एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा यु–१६ टोली कम तयारी भए पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

प्रशिक्षक रानाले ११ दिन प्रशिक्षण गरे पनि राम्रो आफ्नो टोली बनेको बताए । नेपालको यू–१६ टोलीको कप्तानी भूमिका बुढाथोकीले गरेकी छन् ।

पछिल्लो समय भूटानको टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत कात्तिकमा काठमाडौंमा नै भएको साफ महिला च्याम्पियनसिपमा भूटानले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

भूटानले पनि नेपालसँगको खेललाई लिएर उत्साहित रहेको बताएको छ । भूटानको टोलीले लामो तयारी गरे पनि टिम खेल भएकाले नतिजा यसै हुनसक्ने आंकलन गर्न नसकिने जनाएको छ ।

दुवै टोलीले साफपछि नै प्रशिक्षण गरेको उल्लेख गरेको गरेका छन् । भुटानको यु–१६ टोलीकी कप्तान खान्दु छोमोले नेपाल बलियो टोली भए पनि राम्रो चुनौति दिने बताइन् ।

यस्तै नेपालको यु–१९ टोलीले भने भूटानी टोलीसँग आईतबार मैत्रीपूर्ण खेल खेल्ने भएक छन् । यम गुरुङको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरेको छ । दुवै खेल दिउँसो दुई बजे हुनेछन् ।

गत सोमबार नै नेपालको यु–१९ महिला टोली र गत मंसिर २८ गते यु–१६ टोलीको घोषणा भैसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय यु–१६ टोली घोषणा गरेको हो । नेपाली यु–१६ टोलीको तीन गोलकिपरमा झरना डुमराकोटी, लक्ष्मी ओली र गंगा गुरुङ छन् ।

डिफेन्डरमा मीनमाया श्रेष्ठ, अंशु विक, ज्ञान्शु डोल्मा लो, दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द र एलिजा विक छन् ।

 

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार १०:०९
हजुरको प्रतिक्रिया