२०८३ साउन २१ गते बिहीबार

आइपीएल : पंजाबले राजस्थानसँग बदला लियो

आइपीएल : पंजाबले राजस्थानसँग बदला लियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ चैत ३१ गते मंगलबार ११:३२

पोखरा । इन्डियन प्रिमियर लिग आईपीएलमा पंजाव किंग्सले यसअघिका हारको बदला लिँदै राजस्थान राेयल्सलाई ४ रनले पराजित गरेको छ । यी दुई टोलीबीच यसअघि २१ खेल भएको थियो । जसमा राजस्थान पञ्जाबमाथि हाबी हुँदै आएको थियो । यसअघि राजस्थानले...

संजु सामसनको डेब्यू कप्तानी शतक बेकार बन्यो

पोखरा । इन्डियन प्रिमियर लिग आईपीएलमा पंजाव किंग्सले यसअघिका हारको बदला लिँदै राजस्थान राेयल्सलाई ४ रनले पराजित गरेको छ । यी दुई टोलीबीच यसअघि २१ खेल भएको थियो । जसमा राजस्थान पञ्जाबमाथि हाबी हुँदै आएको थियो । यसअघि राजस्थानले १२ खेल जित्दा पञ्जाबले मात्र ९ खेलमा जित हात पारेको थियो ।

मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले कप्तान लोकेश राहुल र दीपक हुडाको आक्रामक व्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

ओपनर मयंक अग्रवाललाई सस्तैमा गुमाएको पंजावका लागि विकेटकिपर समेत रहेका राहुलले ५० बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ९१ रन बनाए । यस्तै हुडाले २८ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ६४ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए ।

यस्तै क्रिस गेलले २८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन बनाए । बलिङतर्फ राजस्थानका डेब्युटान्ट चेतन शाकारियाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै क्रिस मोरिसले २ र रियान परागले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ्का लागि १२२ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानको शुरुवात गतिलो हुन सकेन् । उसले बेन स्टोक्सलाई सस्तैमा गुमायो तर त्यसपछि क्रिजमा आएका सन्जु साम्सनले इन्डियन प्रिमियर लिग (आईपीएल) को कप्तानी डेब्युमा कीर्तिमानी शतक प्रहार गरे ।

१४औं संस्करणमा कप्तानी गरिरहेका सामसनले ११९ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । रनको वर्षा भएको रोमाञ्चक खेलमा पञ्जाबले राजस्थानलाई ४ रनले पराजित गरेको हो । सामसन आईपीएलमा कप्तानी डेब्युमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने ।

जितका लागि राजस्थानलाई अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा सामसनले ठूलो सट प्रहार गर्दा क्याचआउट भए । त्यसअघिको बलमा उनले क्रिस मोरिस कुदिसकेको अवस्थामा समेत सिंगल रन लिएका थिएनन् ।

पञ्जाबले दिएको २२२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनायो । सन्जु सामसनले ६३ बल खेल्दै १२ चौका र ७ छक्का मद्दतमा ११९ रन बनाए । जोस बटलर र रियान परागले समान २५ र शिभव दुवेले २३ रन जोडे ।

पञ्जाबका लागि अर्शदीप सिंहले ३ र मोहम्द शामीले २ विकेट लिए । यस्तै पहिलो पटक आईपीएल खेलिरहेका झ्ये रिचर्डसन र रिले मेरेडिथले १-१ विकेट लिए ।

प्रकाशित मिति २०७७ चैत ३१ गते मंगलबार ११:३२
हजुरको प्रतिक्रिया