२०८३ असोज २४ गते शनिबार

पोखरामा ‘टुर दि पोखरा’ हुँदै, पोखरेलीसंगै लुम्बिनी, बागमती प्रदेशबाट साइकल यात्री आउँदै

पोखरामा ‘टुर दि पोखरा’ हुँदै, पोखरेलीसंगै लुम्बिनी, बागमती प्रदेशबाट साइकल यात्री आउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ५ गते शुक्रबार ०४:५०


‘टुर डि पोखरा’ का लागि पोखरेलीसंगै लुम्बिनी, बागमती प्रदेशबाट समेत साइकल यात्री आउने आयोजकले जनाएको छ ।

पोखरा ।

सातौं सस्करणको ‘टुर दि पोखरा’को तयारी सुरू भएको छ ।

साइकल सिटी पोखराको आयोजना तथा पोखरा महानगरपालिका कार्यालयको सहयोगमा सातौं सस्करणको ‘टुर दि पोखरा’ पौष १३ गते हुन लागेको हो । ‘स्वास्थ्यका लागि साइक्लिङ, वातावरण र पर्यटन’ भन्ने मुल उद्धेश्यका साथ ‘टुर डि पोखरा’ हुन लागेको संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले जानकारी दिए् ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रम बारे जानकारी दिएको छ । ‘टुर डि पोखरा’ अन्तर्गतको कार्यक्रम पोखरा महानगर पालिकाको २४.५ किमि सडक क्षेत्र भित्र हुनेछ । पोखरा वडा नं ९ नयाँबजारबाट सुरु हुने कार्यक्रम सोही ठाउँमा आएर सम्पन्न हुनेछ ।

‘टुर डि पोखरा’ का लागि पोखरेलीसंगै लुम्बिनी, बागमती प्रदेशबाट समेत साइकल यात्री आउने आयोजकले जनाएको छ ।

यसै बीच हालै मात्र पोखरा महानगरपालिका क्षेत्रमा रहेका ताललाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि पोखरा महानगर पालिकाले विकास साझेदार संग छलफल अघि बढाएको छ । उक्त साइकल ट्रयाक एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने छ ।

प्रकाशित मिति २०८१ पुस ५ गते शुक्रबार ०४:५०
हजुरको प्रतिक्रिया