२०८३ साउन २१ गते बिहीबार

नेपालमा पनि मंकिपक्स संक्रमण पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्र

नेपालमा पनि मंकिपक्स संक्रमण पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ६ गते शनिबार ०९:५८

मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्लाह लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि आग्रह गरेको छ ।

काठमाडौं ।

सरकारले नेपालमा पनि मंकिपक्स पुष्टि भएपछि सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी सावधानी अपनाउन आग्रह गरेको हो ।

संक्रमण पुष्टि भएका वा शंकास्पद व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजान मन्त्रालयले सचेत गराएको छ ।

मन्त्रालयले मंकीपक्ससँग मिल्दो लक्षण भेटिए अस्पताल गएर चिकित्सकको सल्लाह लिने र मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गरी परामर्श लिन पनि आग्रह गरेको छ ।

यस्तै निदानका लागि हरेक प्रदेशमा अस्पतालबाट तोकसकेकोले त्यहाँ सम्पर्क गरी परामर्श लिन आग्रह गरिएको छ ।

बिहीबार साउदीबाट फर्किएका एक युवामा मंकिपक्स पोजेटिभ देखिएको थियो ।

यो रोग संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने हुन्छ ।

यो रोगका कारण आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ । मंकिपक्स विश्वभरी हाल १११ देशमा फैलिएको छ ।

प्रकाशित मिति २०८१ पुस ६ गते शनिबार ०९:५८
हजुरको प्रतिक्रिया