२०८३ कात्तिक ११ गते मंगलबार

ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली

ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ६ गते शनिबार १०:२९

उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन पनि सबैमा आग्रह गरे । ध्यान मानव जातिको कल्याणको निम्ति भएको उनले उल्लेख गरे । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभइ आफ्नो दिनचर्या बनाउनुपर्नेमा उनले जोड दिए ।

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गरेका छन् ।

शनिबार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उनले खुशी व्यक्त गरे ।

उनले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन पनि सबैमा आग्रह गरे । ध्यान मानव जातिको कल्याणको निम्ति भएको उनले उल्लेख गरे ।

वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभइ आफ्नो दिनचर्या बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘आज २१ डिसेम्बर, अन्तर्राष्ट्रिय ध्यान दिवस । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको छ । यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ । ध्यान मानव जातिको कल्याणको निम्ति यस वर्ष मात्रै होइन, हामीले ध्यान दिवसलाई मनाउँदै जानुपर्छ । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ । सम्पूर्ण मानव जातिको कल्याणका लागि यसको सदुपयोग गरौँ । सधैँ ध्यानबाट स्वस्थ हौँ । शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहौँ । अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याऔँ ।’

प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहन र अरुलाई पनि स्वस्थ रहन सहयोग पु¥याउन पनि आग्रह गरे ।

प्रकाशित मिति २०८१ पुस ६ गते शनिबार १०:२९
हजुरको प्रतिक्रिया