गोरखा ।
उद्योग वाणिज्य संघ गोरखाको ४९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघको कार्यालय छहरेमा भएको सभामा संघको वार्षिक प्रतिबदेन माथी छलफलसमेत भएको थियो ।
महासचिव प्रकाशचन्द्र श्रेष्ठले वार्षिक कार्यप्रगति प्रतिबेदन र सचिव चन्दनबाबु श्रेष्ठले आर्थिक प्रगती प्रतिवेदन पेश गरेका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केले धन्यवाद व्यक्त गरे ।
संघले आगामी बर्षका लागि उद्योग वाणिज्य स्मारिका, क्यालेन्डर तथा ब्रोसर प्रकाशन, मेला÷महोत्सव, शिपमुलक÷व्यवसाय प्रवद्र्धनात्मक तालिमहरु संचालन गर्ने, परिवर्तित कर निती सम्बन्धि अन्तरक्रिया कार्यक्रम, कृषि, पर्यटन, उद्योग, व्यापार अन्तरक्रिया तथा प्रवद्र्धन कार्यक्रम, इकाईको क्षमता अभिबृद्धि कार्यक्रम र आर्थिक तथा कर्मचारी विनियम तयार गरि लागु गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।
कार्यक्रम संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापा मगर, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, गोरखा नगरपालिका गोरखाका मयेर कृष्ण बहादुर राना, संघका पूर्व अध्यक्षहरु लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति २०८१ पुस ७ गते आइतबार ०९:१८




