२०८३ साउन २१ गते बिहीबार

आईपीएल : मुम्बईले कोलकतालाई १० रनले हरायो

आईपीएल : मुम्बईले कोलकतालाई १० रनले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १ गते बुधबार ११:३७

पाेखरा । विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट मा पहिलो जित हात पारेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । कोलकताको यस सिजन यो पहिलो हार...

शाहरूख खानले हारपछि प्रशंसकसँग माफि मागे

पाेखरा । विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट मा पहिलो जित हात पारेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा मुम्बईले कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गरेको हो । कोलकताको यस सिजन यो पहिलो हार हो ।

मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । कोलकताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । यस्तै शुबनम गिलले ३३ रन जोडे । मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले ३६ बलमा ७ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए ।यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डेय र कुर्नाल पाण्डय समान १५ रन बनाए ।

कोलकताका लागि आन्द्रे रसेलले २ ओभरमा १५ रन खर्चेर ५ विकेट लिए । प्याट कमिङ्सले २ विकेट लिए ।

जितपछि मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग पराजित भएको थियो । पहिलो खेलमा सनराइजर्स हैदरावादलाई १० रनले हराएको कोलकताको यो पहिलो हार हो ।

केकेआरको यो हारपछि टिमका सह–मालिक शाहरुखले एक ट्वीट गरेर  प्रशंसकसँग माफी मागेका छन् । शाहरुखले यो ट्वीटमा लेखे, ‘निराशाजनक प्रदर्शन, कम शब्दमा भन्नेछु, सबै कोलकाता नाइट राइडर्स प्रशंसकसँग माफी चाहन्छु ।’

प्रकाशित मिति २०७८ वैशाख १ गते बुधबार ११:३७
हजुरको प्रतिक्रिया