२०८३ साउन २१ गते बिहीबार

युवा गल्फर सद्भाव आचार्य सम्मानित

युवा गल्फर सद्भाव आचार्य सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०८:४३

सद्भावले २८औं फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा जित निकालेका थिए । साथै सद्भावले युएईमा सम्पन्न एक प्रतियोगितामा यु–२१ उमेर समूहतर्फ पनि उपाधि जितेका थिए ।

काठमाडौं ।

नेपाल गल्फ संघ (एनजिए) ले युवा गल्फर सद्भाव आचार्यलाई सम्मान गरेको छ ।

काठमाडौंमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै गल्फ संघले एमेच्योर गल्फर सद्भावलाई सम्मान गरेको हो ।

सद्भावले २८औं फाल्डो जुनियर टुर युरोपियन ग्रान्ड फाइनलमा जित निकालेका थिए । साथै सद्भावले युएईमा सम्पन्न एक प्रतियोगितामा यु–२१ उमेर समूहतर्फ पनि उपाधि जितेका थिए ।

एमेच्योर गल्फर सद्भावले पछिल्ला समय एकपछि अर्को सफलता प्राप्त गरेकाले नेपाल गल्फ संघले उनलाई सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले युवा गल्फर सद्भावलाई सम्मानपत्र र नगद ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए ।

सो अवसरमा घिसिङले सद्भावलाई बधाइ दिँदै उनीबाट अझ धेरै अपेक्षा राखिएको उल्लेख गर्दै परिषद्ले पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०८:४३
हजुरको प्रतिक्रिया