२०८३ असोज २४ गते शनिबार

नेपाल भलिबल लिग (एनभिएल) मा ६ फ्रेन्चाइज टोली हुने

नेपाल भलिबल लिग (एनभिएल) मा ६ फ्रेन्चाइज टोली हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०९:११

प्रत्येक फ्रेन्चाइज टोलीमा कुल ९ जना नेपाली खेलाडी हुने भएका छन् । सिंगल राउन्ड रोविनका आधारमा ९ दिन हुने प्रतियोगितामा कुल १६ खेल हुनेछन् । प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले बताएको छ ।

काठमाडौं ।

नेपालमा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतिस्पर्धा नेपाल भलिबल लिगमा ६ टोली हुने भएका छन् ।

नेपाल भलिबल लिग (एनभिएल)को आयोजक केडिया ग्रुपले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै एनभिएलमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहने जनाएको हो ।

एनभिएलको लोगो सार्वजनिकका अवसरमा आयोजकले फ्रेन्चाइज टोलीको सहभागिता संख्याबारे उल्लेख गरेको थियो ।

प्रत्येक फ्रेन्चाइज टोलीमा कुल ९ जना नेपाली खेलाडी हुने भएका छन् । सिंगल राउन्ड रोविनका आधारमा ९ दिन हुने प्रतियोगितामा कुल १६ खेल हुनेछन् ।

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले बताएको छ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नीजि क्षेत्रले नेपाली खेलकुदमा देखाइरहेको चासो र गरिरहेको लगानीको प्रसंशा गरे ।

साथै मन्त्री चौधरीले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ निर्माणमा उपसंयोजकको भूमिका खेलेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आफैँ ऐन विपरीत काम संलग्न हुँदै अदालतको समेत अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिए ।

उनले ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठलाई सहयोग गर्ने सबै खेल संघलाई पनि कारबाहीको दायरा ल्याउन सक्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नीजि क्षेत्रको लगानीसँगै फ्रेन्चाइज आयोजनाका लागि राम्रो पूर्वाधार निर्माण गर्न आफूहरूलाई पनि जिम्मेवारी थपिएको बताएका छन् ।

उनले क्रिकेट, कबड्डीपछि पुरुष भलिबलको पनि फ्रेन्चाइज लिग सुरु हुनु नेपाली खेलकुद नयाँ उचाइमा पुग्ने माध्यम बनेको पनि विश्वास व्यक्त गरे ।

केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले हरेक नेपाली खेलाडीलाई नयाँ उचाइमा पु¥याउनका लागि आत्मविश्वास प्रदान गर्ने उद्देश्य रहेको बताए ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०९:११
हजुरको प्रतिक्रिया