२०८३ साउन २१ गते बिहीबार

२१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै

२१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १० गते बुधबार ०४:४९

प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने उनले जनाएका छन् ।

पोखरा ।

२१औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १२ इभेन्ट सञ्चालन हुनेछन् । आयोजक टेनिस संघले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथिका छुट्टाछुट्टै इभेन्ट कार्यक्रम संयोजक नविन चालिसेले जानकारी दिए । पोखरा रंगशालाको टेनिस कोर्टमा पुस १५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित मित्रराष्ट्र भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आउने चालिसेले जानकारी दिए ।

२१ औं माछापुच्छ्रे पोखरा ओपनतर्फ नेपाल नं १ प्रदिप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका खेलाडीहरुको सहभागिता समेत रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगितामा १४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने छ ।

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले आकर्षक नगदका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले समेत नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २१ लाख भन्दा बढि खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए । पुरस्कारमा मात्रै करिव ८ लाख खर्च हुने उनले जनाएका छन् ।

प्रकाशित मिति २०८१ पुस १० गते बुधबार ०४:४९
हजुरको प्रतिक्रिया