बागलुङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधानका बीच नागरिकको आवश्यकता पुरा गर्ने गरि काम गरेको बताएका छन् ।
शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित प्रदेश स्तरीय अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताए ।
नागरिक आवश्यकता र चाहाना धेरै भएको तर सीमित स्रोत र साधानको परिचालन गरेर काम गर्दा सबै तिर एकै पटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
जनताको आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरि रहेको उनले बताए । नागरिकलाई घर आँगनबाटै स्तरीय स्वास्थ्य सेवा दिने गरि काम गरेको बताए ।
मुख्यमन्त्री पाण्डेले अहिले राज्यको चुनौतिका रुपमा बसाइँसराइ रहेको भन्दै त्यसलाई रोक्नका लागि गण्डकी सरकार लागि रहेको बताए ।
गाउँमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगार र अन्य विकास गरिरहेको उल्लेख गर्दै अब सबै युवालाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाउने उनको भनाइ छ ।
पछिल्लो समय विकासनै भएन भन्ने गलत भास्य निर्माण भएको भन्दै वि.सं. २०४८ साल यता मुलुकमा ठूलो परिवर्तन आएको मुख्यमन्त्री पाण्डेले बताए ।
प्रकाशित मिति २०८१ पुस १३ गते शनिबार १०:२५




