२०८३ साउन २१ गते बिहीबार

आईपीएल : बेंगलोरको लगातार दोस्रो जित

आईपीएल : बेंगलोरको लगातार दोस्रो जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २ गते बिहीबार ११:५८

पोखरा । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बेंग्लोरले सनराइजर्स हैदराबादलाई ६ रनको झिनो अन्तरले पराजित गरेको हो । बुधबार चेन्नाइमा सम्पन्न खेलमा बेंगलोरले...

हैदराबाद अझै जितको खोजिमा

पोखरा । रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । बेंग्लोरले सनराइजर्स हैदराबादलाई ६ रनको झिनो अन्तरले पराजित गरेको हो ।

बुधबार चेन्नाइमा सम्पन्न खेलमा बेंगलोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ५४ रन बनाए । यस्तै मनिस पाण्डेले ३८, रसिद खानले १७ र जोनी बेयर्स्टोवले १२ रन जोडे।

बेंगलोरका लागि बलिङमा शहबाज अहेमदले ३ विकेट लिए । त्यसका लागि उनले २ ओभरमा मात्र बलिङ गर्दै जम्मा ७ रन खर्चिए । उनले १७औं ओभरमा सबै ३ विकेट लिएका थिए । यस्तै मोहम्मद सिराज र हर्शल पटेलले समान २ विकेट लिए ।

त्यसअघि चेन्नाईमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ग्लेन म्याक्सेवलको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ३३ रन जोडे ।

हैदरावादका ज्यासन होल्डरले ३ र रसिद खानले २ विकेट लिए । यस्तै भुवनेश्वर कुमार, टी नटराजन र शहबमज नदिमले समान १ विकेट लिए ।

लगातार दुई खेल जित्दै ४ अंक जोडेको बेंगलोरले अंकतालिकाको शीर्ष स्थानमा छ । लगातार दुई खेल हारेको हैदरावाद अंकविहीन छ ।

प्रकाशित मिति २०७८ वैशाख २ गते बिहीबार ११:५८
हजुरको प्रतिक्रिया