२०८३ साउन २१ गते बिहीबार

सीएनएन साहसी खेलाडीको सूचीमा किर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

सीएनएन साहसी खेलाडीको सूचीमा किर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १५ गते सोमबार ०५:१९

पाेखरा । दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको 'द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४' को सूचीमा परेकी हुन् । एकै सिजनमा...

पाेखरा । दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।

एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने उनी विश्वकै पहिलो महिला आरोही हन् । उनले गत मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले गौरवान्वित महसुस गरेको बताएकी छन् ।

‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसै वर्ष म एउटै आरोहण सिजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ,’ उनले भनेकी छिन् ।

श्रेष्ठ सातौँ अग्लो हिमाल धौलागिरी चढ्ने पहिलो नेपाली महिला पनि हुन् । उनले सन् २०२१ मा पासाङ लाह्मु शेर्पा अकितासँग धौलागिरी आरोहण गरेकी हुन् ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा पाइला राखेकी हुन् ।

किर्तिमानी पर्वतारोही श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले यसअघि नै नगद राशीसहित सम्मान गरेको थियाे । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

प्रकाशित मिति २०८१ पुस १५ गते सोमबार ०५:१९
हजुरको प्रतिक्रिया