२०८३ साउन २१ गते बिहीबार

पोखरामा भएको ड्रागन बोट रेसमा चिनीया टोलीले जित्यो उपाधि

पोखरामा भएको ड्रागन बोट रेसमा चिनीया टोलीले जित्यो उपाधि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १५ गते सोमबार ०५:३१

२०० मिटरमा युनान मिन्जु युनिभर्सिटीको समूहले ४८.२२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेको छ । लियाओचेङ युनिभर्सिटीको समूहले २०० मिटर ५०.८३ सेकेन्डमा पुरा गर्दै तेस्रो बन्यो ।

पोखरा ।

पोखराको फेवातालमा भएको ड्रागन बोट रेसमा चिनीया टोलीले उपाधि कब्जा गरेका छन् ।

आइतबार र सामेबार भएको २ सय र ५ सय मिटर दुवै विधाको प्रतिष्पर्धामा चीनको डोङगुआन लेओयु क्लब ग्वाङडोङले दाहोरो उपाधि हात पा¥यो । २ सय मिटरतर्फ ४७.७२ सेकेन्ड र ५ सय मिटरतर्फ २ मिनेट ४.४७ सेकेन्डमा दूरी पार गर्दै उपाधि कब्जा गरेको हो । उपाधि जितेको क्लबले दुवै विधामा ५÷५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त ग¥यो ।

५०० मिटरतर्फ लियाओचेङ युनिभर्सिटीको समूहले २ मिनेट ७.३४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र २ मिनेट ८.४४ सेकेन्डमा दूरी पूरा गर्दै वुहान स्पोर्टस युनिभर्सिटीको समूहले तेस्रो भएको हो ।

२०० मिटरमा युनान मिन्जु युनिभर्सिटीको समूहले ४८.२२ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेको छ । लियाओचेङ युनिभर्सिटीको समूहले २०० मिटर ५०.८३ सेकेन्डमा पुरा गर्दै तेस्रो बन्यो ।

दुवै विधामा दोस्रो हुनेले २ हजार डलर र तेस्रोले १ हजार २०० डलर पुरस्कार प्राप्त गरे । अन्य सहभागी समूहलाई समूहलाई ५–५ सय डलर प्रदान गरिएको छ । विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरे ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा २० समूहले सहभागिता जनाएका थिए । नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी भएका हुन् ।

प्रकाशित मिति २०८१ पुस १५ गते सोमबार ०५:३१
हजुरको प्रतिक्रिया