२०८३ साउन २१ गते बिहीबार

संघीय संसद् अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०९:२०

जसअन्तर्गत आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बस्नेछ ।

काठमाडौं ।

संघीय संसद् अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बस्नेछ ।

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने जनाइएको छ ।

छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई समेत बोलाएको संसद् सचिवालयले जनाएको छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०९:२०
हजुरको प्रतिक्रिया