२०८३ असोज २४ गते शनिबार

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल आजदेखि

एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेल आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १८ गते बिहीबार ०८:५६

पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबिच प्रतिश्पर्धा हुने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा तीन बजे सुरु हुने छ ।

पोखरा ।

एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टिम सुपर फाइभमा पुगेका हुन् । एन्फा महिला लिगमा १० टिमको सहभागिता रहेको थियो ।

अन्तिम चरण माघ १६ गतेसम्म चल्ने छ । अन्तिम चरणमा २४ खेल हुने छन् ।

जसमा एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागिता जनाउँदै छन् ।

बागमती पहिलो चरणमा छैटौँ स्थानमा रहेको थियो तर पाँचौँ स्थानमा पहिलो चरण सकाएको कोशी प्रदेशले आर्थिक कारणले सुपर फाइभमा नखेल्ने निर्णय गरेपछि बागमती युथ क्लब भाग्यमानी बनेको हो ।

पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबिच प्रतिश्पर्धा हुने छ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा तीन बजे सुरु हुने छ ।

प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०८:५६
हजुरको प्रतिक्रिया