२०८३ साउन २१ गते बिहीबार

एन्फा महिला लिग : आज नेपाल पुलिस र वालिङ नगरपालिकाबीच  प्रतिश्पर्धा हुँदै

एन्फा महिला लिग : आज नेपाल पुलिस र वालिङ नगरपालिकाबीच  प्रतिश्पर्धा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १९ गते शुक्रबार ०९:५२

विभागीय तीनसहित १० टोलीले एन्फा महिला लिगमा गत भदौ र असोजमा राउन्ड रोबिनको आधारमा पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए ।

पोखरा ।

एन्फा महिला लिगमा आज विभागीय टीम नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल प्रतिश्पर्धा हुँदैछ ।

खेल दिउँसो ३ बजे एन्फा कम्प्पेक्स सातदोबाटोमा सुरु हुनेछ । हिजो सुरु भएको लिगको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

आर्मीले बागमती युथ क्लबलाई २–० गोलले पराजित गरेको हो ।

विभागीय तीनसहित १० टोलीले एन्फा महिला लिगमा गत भदौ र असोजमा राउन्ड रोबिनको आधारमा पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए ।

४५ खेलपश्चात् एपिएफ, आर्मी, नेपाल पुलिस क्लब, वालिङ नगपालिका र कोसीले शीर्ष ५ मा स्थान बनाएका थिए ।

तर कोशीले अन्तिम चरणको खेल नखेल्ने भएपछि छैटौँ स्थानको बागमतीले अवसर पाएको हो ।

महिला लिग माघ १६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०९:५२
हजुरको प्रतिक्रिया