पोखरा ।
एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्को मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोही लयलाई निरन्तरता दिँदै जित हात पार्न चाहन्छन् ।
पहिलो चरणको लिगमा पुलिस र आर्मीले १–१ गोलको बराबरीमा रोकिएका थिए । पुलिसले वालिङ नगरपालिकालाई र आर्मीले बागमती युथ क्लबलाई पारजति गरेका छन् ।
एन्फाको आयोजनामा जारी लिगको अन्तिम चरणको लिगमा ५ टोलीले प्रतिस्पर्धामा छन् । भदौ अन्तिममा भएको लिगको दोस्रो चरणमा सहभागी १० टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका हुन् ।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस क्लब, एपिएफ, आर्मी, वालिङ नगरपालिका र बागमती युथ क्लब सहभागी छन् ।
अन्तिम चरणमा २४ खेल हुनेछन् । लिग चरणको २० खेलपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।
प्रकाशित मिति २०८१ पुस २१ गते आइतबार ०९:४६