२०८३ साउन २१ गते बिहीबार

एन्फा महिला लिग : दोस्रो चरणमा आज एपिएफ र वालिङ नगरपालिका भिड्दै

एन्फा महिला लिग : दोस्रो चरणमा आज एपिएफ र वालिङ नगरपालिका भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०९:१७

पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छ । यस अघि हिजो भएको खेलमा विभागीय डर्बीमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

पोखरा ।

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपिएफ क्लबले वालिङ नगरपालिकाको सामना गर्दैछ ।

खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

साविक विजेता एपिएफ लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रंदैछ । एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ५–१ ले पराजित गरेको थियो ।

यता वालिङले भने आफ्नो पहिलो खेलमा नेपाल पुलिसविरुद्ध ५–० को फराकिलो हार बेहोरेको थियो ।

पुछारबाट दोस्रो स्थानमा रहेको वालिङ पनि आज एपिएफविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

पाँच टोलीको सहभागिता रहेको दोस्रो चरणमा चार टोलीले प्लेअफमा स्थान बनाउने छ ।

यस अघि हिजो भएको विभागीय डर्बीमा आर्मी र पुलिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

 

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०९:१७
हजुरको प्रतिक्रिया