२०८३ साउन २१ गते बिहीबार

चर्चामा राजन कार्की र जीवन दाहालकाे ‘पोखरामा घाम लाग्यो घमाइलो’

चर्चामा राजन कार्की र जीवन दाहालकाे ‘पोखरामा घाम लाग्यो घमाइलो’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार ०३:१९

पाेखरा । पाेखराका चर्चित लाेक तथा दाेहाेरी गायक राजन कार्की र जीवन दाहालकाे ‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतले सकारात्मक चर्चा बटुलेकाे छ । गायक जीवन दाहाल, राजन कार्की र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानीको स्वर रहेको...

पाेखरा ।

पाेखराका चर्चित लाेक तथा दाेहाेरी गायक राजन कार्की र जीवन दाहालकाे ‘पोखरामा घाम लाग्यो घमाइलो’ बोलको गीतले सकारात्मक चर्चा बटुलेकाे छ ।

गायक जीवन दाहाल, राजन कार्की र पछिल्लो समयकी चर्चित गायिका शान्ता रानीको स्वर रहेको यस गीतको भिडियो पनि राम्रो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । गीतमा राजन कार्कीको शब्द र संगीत छ ।

गीतको भिडियोलाई राजन कार्कीले परिकल्पना गरेका छन् भने निर्देशन मनोहरि भण्डारीले गरेका छन् । भिडियोमा जीवन दाहाल, राजन कार्की, संगीता क्षेत्री, सपना क्षेत्री, महसुप क्षेत्री, वर्षा क्षेत्री, राजन सुवेदीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

जीवन दाहाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव हुन् भने राजन कार्की गण्डकी प्रदेश कमिटिका अध्यक्ष हुन् । दाहाल र कार्कीले यस भन्दा अगाडिको सहकार्य गरेको गीत ‘म त हजुर हङकङको लाहुरे’ लाई पनि दर्शकहरुले मन पराएका थिए ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०३:१९
हजुरको प्रतिक्रिया