२०८३ साउन २१ गते बिहीबार

आईपीएल : हैदरावादलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

आईपीएल  : हैदरावादलाई पराजित गर्दै मुम्बई  शीर्ष स्थानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ५ गते आइतबार १०:२६

पोखरा । सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति...

पोखरा । सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।

पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । जितपछि नेट रनरेटका आधारमा समान ४ अंक जोडेको रोएल च्यालेन्जर्स बैग्लोरलाई पछि पार्दै मुम्बई शिर्ष स्थानमा पुग्न सफल भएको हो ।

मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले ३-३ विकेट लिए ।

तयसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाए ।

हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २-२ विकेट लिए ।

जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । उता हैदरावादको खराब प्रदर्शन जारी रहँदा लगातार तेस्रो हार बेहोरेको छ । हेदरावाद अंकविहीन हुँदे पुछारमा छ ।

लिगमा आज दुई खेल हुँदैछ । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स तथा बेलुका ७:४५ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाव किंग्स भिड्नेछन् ।

प्रकाशित मिति २०७८ वैशाख ५ गते आइतबार १०:२६
हजुरको प्रतिक्रिया