२०८३ साउन २१ गते बिहीबार

पोखरा म्याराथन फागुन ३ गते हुने, विजेताले ५ लाख पाउने

पोखरा म्याराथन फागुन ३ गते हुने, विजेताले ५ लाख पाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २३ गते मंगलबार ०६:५८

म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिने जनाइएको छ ।

पोखरा ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गदैँ आएको पोखरा म्याराथनको १९ औं संस्करण आगामी फागुन ३ गते हुने भएको छ ।

मंगलबार पोखरामा आयोजित पत्रकार सम्मलनमा म्याराथनमा १४ इभेन्टमा खेलाडीले सहभागीता जनाउन पाउने आयोजकले जनाएका छन् । मुख्य इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किलोमिटर, २१.०९७ किलामिटर हाफ म्याराथन महिला, महिला÷पुरुष १० किलोमिटर दौड, विद्यालयस्तरिय छात्र÷छात्रा ५ किलोमिटर दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड र ‘रन फर फन’ समावेश गरिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।

म्याराथनमा प्रथम पुरस्कार ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख, चौथोले ५० हजार हुदै ८ औं स्थान प्राप्त गर्ने धावकले पुरस्कार हात पार्ने छन् । म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार प्रदान गरिने जनाइएको छ । यसै गरी महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । हाफ म्याराथन पुरुष तर्फ पहिलोले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार नगद पाउने छ ।

१० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ५ किलोमटिर छात्र÷छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्याराथनको लागि १ करोड ८९ लाख खर्चहुने अनुमान गरेको छ भने पुरस्कार राशीमा मात्रै २१ लाख ३४ हजार खर्च हुनेछ । विभिन्न इभेन्टमा गरी ५७ जनाले पुरस्कार प्राप्त गर्ने छन् । हाल सम्म स्वदेश तथा विदेशी गरी ८९ जनाले अनलाईन मार्फत दर्ता गरी सकेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रकाशित मिति २०८१ पुस २३ गते मंगलबार ०६:५८

हजुरको प्रतिक्रिया