२०८३ साउन २१ गते बिहीबार

गृहमन्त्री बादलको सांसद पद खारेज

गृहमन्त्री बादलको सांसद पद खारेज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ५ गते आइतबार १०:५१

काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र...

गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त

काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।

नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।

सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।

२०७४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवारका रुपमा वागमती प्रदेशबाट थापा राष्ट्रियसभामा निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।

बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

प्रकाशित मिति २०७८ वैशाख ५ गते आइतबार १०:५१
हजुरको प्रतिक्रिया