२०८३ असोज २४ गते शनिबार

नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै

नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २६ गते शुक्रबार १०:१२

नेपालले उद्घाटन खेलमा आउँदा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै मंगलबार पेरुसँग, बुधबार ब्राजिलसँग र बिहीबार भुटानसँग खेल्नेछ ।

नेपाली टोलीको आज बिदाइ गरिँदै, भोलि दिउँसो नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने

पोखरा ।

नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ ।

यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् ।

कुल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको संख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासंघले जनाएको छ ।

पुरुष खो–खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ ।

खो–खो विश्वकप खेल्न जाने नेपाली टोलीको आज बिदाइ गरिँदै छ । नेपाली टोली भोलि दिउँसो नयाँ दिल्लीतर्फ प्रस्थान गर्नेछ ।

विश्वकपमा पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, पेरु र ब्राजिल रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान रहेका छन् ।

समूह ‘सी’मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड छन् । यसैगरी समूह ‘डी’मा इंगल्याण्ड, जर्मनी, मलेसिया र केन्या रहेका छन् ।

नेपालले उद्घाटन खेलमा आउँदा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै मंगलबार पेरुसँग, बुधबार ब्राजिलसँग र बिहीबार भुटानसँग खेल्नेछ ।

यस्तै विश्वकपमा नेपाली महिला टोली समूह ‘सी’ मा परेको छ । यो समूहमा भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् । महिला विश्वकपको समूह ‘ए’ मा भारत, इरान, मलेसिया र दक्षिण कोरिया छन् ।

समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स छन् । यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया छन् ।

प्रकाशित मिति २०८१ पुस २६ गते शुक्रबार १०:१२
हजुरको प्रतिक्रिया