२०८३ असोज २५ गते आइतबार

धरौटी बुझाएर छुटिन् लीला पछाईं

धरौटी बुझाएर छुटिन् लीला पछाईं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २६ गते शुक्रबार ०३:०६

पोखरा पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छन्। शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए। जिल्ला अदालत...

पोखरा
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छन्।

शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

रविसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए।

ीबहmष् दबलप
तर पछाईंले धरौटी नतिरेपछि उनलाई कारागारमा पठाइएको थियो।

प्रकाशित मिति २०८१ पुस २६ गते शुक्रबार ०३:०६
हजुरको प्रतिक्रिया