२०८३ साउन २१ गते बिहीबार

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक

नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ०९:३८

आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुनेछ ।

उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुने

पोखरा ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक गरिएको छ ।

आगामी माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुनेछ ।

एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछ ।

राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष ४ टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष २ टिमले माघ १४ गते पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेता सीधै फाइनलमा पुग्नेछ ।

लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै एलिमिनेटरमा खेल्नेछन्, जसको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ ।

पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरको विजेताबीच माघ १६ गते हुने दोस्रो क्वालिफायरमा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ । फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ ।

एनकेएलमा दैनिक एउटा वा २ खेल सञ्चालन गरिने जनाइएको छ । २ खेल हुँदा दिनको पहिलो खेल साँझ साढे ५ बजे शुरु हुनेछ भने त्यसपछि दोस्रो खेल साढे ६ बजे प्रारम्भ हुनेछ ।

एउटामात्र खेल भएको दिन भने प्रतिस्पर्धा साँझ साढे ६ बजे सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०९:३८
हजुरको प्रतिक्रिया