२०८३ साउन २१ गते बिहीबार

यू–१९ महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदै

यू–१९ महिला टी–२० विश्वकप खेल्न नेपाली टोली आज मलेसिया जाँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ०९:४९

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ । नेपालले पहिलो खेलमा माघ ५ गते बंगलादेशसँग खेल्नेछ ।

पोखरा ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकप खेल्न नेपाली महिला टोली आज मलेसिया जाँदैछ ।

पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको टोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीलाई हिजो बिदाइ गरिएको थियो ।

गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ ।

प्रतियोगितामा १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् ।

नेपालले पहिलो खेलमा माघ ५ गते बंगलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेलमा माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

क्यानले कप्तान पूजा महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०९:४९
हजुरको प्रतिक्रिया