२०८३ कात्तिक १० गते सोमबार

काेराेना कहर : पाेखरामा एकैदिन ६० संक्रमित थपिए

काेराेना कहर : पाेखरामा एकैदिन ६० संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ५ गते आइतबार ०७:०१

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखराका ६० जना सहित गण्डकी प्रदेशका ८० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार याे अवधीमा कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका १ सहित प्रदेशभर...

गण्डकी प्रदेशमा कुल संक्रमितकाे संख्या १७ हजार १ सय ६५ पुग्याे

पाेखरा । पछिल्लाे २४ घण्टामा पाेखराका ६० जना सहित गण्डकी प्रदेशका ८० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार याे अवधीमा कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका १ सहित प्रदेशभर ८० जनामा संक्रमण पुष्टी भएकाे हाे ।

पोखराका ६० सहित बाग्लुङका १० जना, स्याङ्जाका ५ जना, तनहुँ र पर्वतका २/२ जना तथा नवलपरासीका १ जना याे अवधीमा संक्रमित बनेकाे निर्देशनालयले जनाएकाे छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १७ हजार १ सय ६५ पुगेको छ ।

प्रकाशित मिति २०७८ वैशाख ५ गते आइतबार ०७:०१
हजुरको प्रतिक्रिया