२०८३ साउन २१ गते बिहीबार

पोखरामा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा २ जना पक्राउ

पोखरामा पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २७ गते शनिबार ११:३७

पुस ९ गते राति १२ बजेतिर पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर हराएको भन्ने सूचनाका आधारमा वडा कार्यालय बैदामबाट खटिएको प्रहरी टालीले खोजी गर्दा स्कुटर चोरीमा संलग्न भएको आशंकामा पुस १८ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पोखरा ।

पार्किङ गरेर राखेको स्कुटर चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११ बस्ने वर्ष २६ का सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नं ३ घर भई हाल पोखरा महानगरपालिका –१५ बस्दै आएका २७ वर्षका किरण परियार रहेका छन् ।

पुस ९ गते राति १२ बजेतिर पोखराको पृथ्वीचोकमा पार्किङ गरेर राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर हराएको भन्ने सूचनाका आधारमा वडा कार्यालय बैदामबाट खटिएको प्रहरी टालीले खोजी गर्दा स्कुटर चोरीमा संलग्न भएको आशंकामा पुस १८ गते उनीहरुलाई पक्राउ गरेको हो ।

यसका साथै उनीहरुले चोरी गरेका स्कुटर नवलपरासी पश्चिम ससुस्ता –५ का ३० वर्षिय प्रहलाद कोहारलाई विक्री गरेको बताएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) को सहयोगमा कोहारलाई पनि पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट डाँका चोरीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।

प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ११:३७
हजुरको प्रतिक्रिया