२०८३ असोज २४ गते शनिबार

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी–२० महिला क्रिकेट शृंखला हुने

नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी–२० महिला क्रिकेट शृंखला हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार १०:०३

शृंखलामा नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहने छ । सबै खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

पोखरा ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले त्रिदेशीय टि–२० क्रिकेट शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ती निकालेर आउँदो माघ १७ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ ।

शृंखलामा नेपालसहित नेदरल्याण्ड्स र थाइल्याण्डको महिला टोलीको सहभागिता रहने छ । सबै खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

शृंखलामा हरेक टोलीले हरेकसँग तीन पटक खेल्नेछन् । लिग चरणको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालको पहिलो खेल उद्घाटनकै दिन नेदरल्याण्ड्ससँग हुनेछ । यस्तै नोपल माघ १७ गते नेदरल्याण्ड्ससँग, १८ गते थाइल्याण्डसँग, २० गते नेदरल्याण्ड्ससँग, २१ गते थाइल्याण्डसँग, २२ गते नेदरल्याण्ड्ससँग र माघ २३ गते थाइल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार १०:०३
हजुरको प्रतिक्रिया