२०८३ साउन २१ गते बिहीबार

एक सय ३८ कन्या कुमारीको बेल विवाह

एक सय ३८ कन्या कुमारीको बेल विवाह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार ११:१०

काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो ।

काठमाडौं ।

नेवारी परम्परामा ईहि अर्थात बेलविवाहको प्रचलन रहेको छ ।

आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पूजाअर्चना गरिएको थियो ।

सर्वप्रथम वसन्तपुर  स्थित राजकीय कुमारीको पूजा पश्चात पूजा शुरु गरिएको थियो । पूजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ११:१०
हजुरको प्रतिक्रिया