२०८३ साउन २१ गते बिहीबार

आयुर्बेद उपचार सेवालाई उच्च प्राथमिकतामा राख्ने : मन्त्री पाठक

आयुर्बेद उपचार सेवालाई उच्च प्राथमिकतामा राख्ने : मन्त्री पाठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २८ गते आइतबार ०४:२१

मन्त्री पाठकले आफुले स्वास्थ्य मन्त्रालय को जिम्मेवारि पाएसङ्गै समग्र स्वास्थ्य क्षेत्रको अध्ययन गर्ने बताए ।

पोखरा ।

गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधि सङ्गै आयुर्बेदिक उपचार पद्धितको ठुलो माग हुदै आएको र आयुर्बेदिक उपचारले जनतामा बिश्वसोनियता बढाउदै आएकोले आफुले पनि आयुर्बेदिक उपचार सेवालाई उच्च प्राथमिकता मा राखेर काम गर्ने बताएका छन् ।

गण्डकी आयुर्बेद अस्पतालले शनिबार पोखरा महानगरपालिका वडा न २८ मा आयोजना गरिएको १ दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिबिरलाइ उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारको आगामि निति तथा कार्यक्रममा आयुर्बेद स्वास्थ्यलाइ आवश्यता अनुसारको बजेट बिनियोजन गरि थप प्रभावकारी बनाउन आफु पुर्ण रुपले प्रतिबद्द रहेको बताए । उनले आयुर्वेद उपचारले प्राकृतिक उपचारको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन राख्ने , शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र जीवनशैली सुधार गर्न मद्द्‌त पुर्याउने , शरीर र मनलाई सन्तुलित राख्नका लागि जडिबुटी र प्राकृतिक चिकित्सा विधिहरू प्रयोग गर्ने , जसले शरीरमा कुनै प्रकारको नकरात्मक असर नगरी उपचार गर्ने भएकाले यसको महत्व बढदै गएको बताए ।

मन्त्री पाठकले आफुले स्वास्थ्य मन्त्रालय को जिम्मेवारि पाएसङ्गै समग्र स्वास्थ्य क्षेत्रको अध्ययन गर्ने शिलशिलामा मेडिकल साइन्सलाइ थप सहयोग पुर्याउन आयुर्बेद स्वास्थ्यले व्यक्तिगत आवश्यकता अनुसार , रोगको जड़मा स्वास्थ्यको दीर्घकालीन सम्रक्षण , मानसिक र भावनात्मक सन्तुलन गर्ने गरि उपचार गरेको पाएकाले आगामि दिनमा मेडिकल साइन्स सङ्गै आयुर्बेद र प्राकृतिक चिकित्सा प्रणाली लाइ समेत अगाडी बढाउन आफु लागेको बताए ।

प्रकाशित मिति २०८१ पुस २८ गते आइतबार ०४:२१
हजुरको प्रतिक्रिया