२०८३ साउन २१ गते बिहीबार

‘फोर नेशन्स कप’ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल किर्गिस्तानसँग

‘फोर नेशन्स कप’ को खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल किर्गिस्तानसँग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १ गते मंगलबार ०७:५१

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनु्सार आगामी फागु्न ५ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल फागुन ५ गते साँझ साढे ५ खेलाइनेछ ।

पोखरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत चार वटा देश सहभागी ’फोर नेशन्स कप’ को खेल तालिका सार्वजनिक गरेको छ ।

घरेलु मैदान दशरथ रंगशालामा हुन लागेको ‘फोर नेसन्स कप’ मा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनु्सार आगामी फागु्न ५ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल फागुन ५ गते साँझ साढे ५ खेलाइनेछ ।

एन्फाले फिफा अन्तरराष्ट्रिय खेल विन्डोको समयमा प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यान्मारले प्रतिष्पर्धा गर्नेछन् । खेल तालिकाअनुसार नेपालले दोस्रो खेल फागुन ८ गते लेबनानसँग र तेस्रो खेल फागुन ११ गते म्यान्मारसँग खेल्नेछ ।

लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ । नेपालको खेल र फाइनल खेल बेलुका साढे ५ बजे हुनेछ ।

यस्तै अन्य खेल दिउँसो साढे १ बजे हुनेछ । सबै खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा हुनेछ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक तालिकाका शीर्ष २ टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् ।

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एशियन कप–२०२६ को छनोटको तयारीका रूपमा लिएको छ ।

प्रकाशित मिति २०८१ माघ १ गते मंगलबार ०७:५१
हजुरको प्रतिक्रिया