२०८३ साउन २१ गते बिहीबार

युवा ब्याटरका लागि क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्दै

युवा ब्याटरका लागि क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ३ गते बिहीबार १०:२१

क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० जना खेलाडीलाई बोलाइएको छ ।

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ ।

क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो । भोलि माघ ४ देखि १२ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० जना खेलाडीलाई बोलाइएको छ ।

उनीहरुलाई राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा राखिने छ । खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।

क्याम्पमा खेलाडीहरु लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंशाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्तीलाई बोलाइएको छ ।

प्रकाशित मिति २०८१ माघ ३ गते बिहीबार १०:२१
हजुरको प्रतिक्रिया