कास्कीमा अहिलेपनि ६ सय ६४ सक्रिय संक्रमित
पाेखरा । काेराेना भाइरस संक्रमणकाे दाेस्राे चरण झनै तिब्रतर फैलिएकाे भन्दै काठमाडाैं उपत्यकामा बैशाख १६ गतेदेखि निशेधाज्ञा जारी भएपछि काेराेनाकाे संक्रमण तिब्र गतिमा फैलिएकाे मुलुककै ठूलाे महानगर पाेखरामा के हुन्छ भन्ने चासाे यतिबेला सर्वत्र छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशभर कुल १ सय १ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । कुल २ सय ७० जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे हाे ।
याे अवधिमा प्रदेशभर ४० जना काेराेनामुक्त भएका छन् भने ४ जनाले काेराेनापछि ज्यान गुमाएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
साेमबार पाेखरा महानगरपालिकाका ६९ जनासहित प्रदेशभरका १ सय १ जना संक्रमित बनेका हुन् । जसमा नवलपरासीका १२ जना, पर्वत, म्याग्दी र तनहुँमा समान ५/५ जना, स्याङ्जामा ३ जना तथा लमजुङमा २ जना संक्रमित भेटिएकाे निर्देशनालयले जनाएकाे हाे ।
यस्तै, कास्कीमा हालसम्म ९ हजार २ सय १० जनामा संक्रमण पुष्टि भएकाे छ । हालसम्म ८ हजार ४ सय २६ जना निकाे भएका छन् भने १ सय २० जनाले ज्यान गुमाएका छन् ।
कास्कीमा अहिलेसम्म ६ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति २०७८ वैशाख १३ गते सोमबार ०८:०७




