पोखरा ।
पाेखरामा आजदेखि ५ वटा इभी ब्राण्डकाे ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ शुरू भएकाे छ ।
माघ ७ गते सोमबारसम्म चल्ने कार्निभल अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले आयोजना गरेको हाे ।
पोखरा इभेन्ट सेन्टर, बुलौदीमा आयाेजित बृहत अटोमोबाइल प्रदर्शनीमा निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र सिट्रन ब्रान्डका लागि अधिकृत डिलर ‘एस.एस.एल मोटर्स कम्पनी’का विभिन्न सवारीसाधनहरू अवलोकन तथा टेस्ट–ड्राइभका लागि उपलव्ध हुनेछन् ।
कार्निभलमा ग्राहकले आकर्षक छुट तथा डिस्काउन्टको अवसर समेत प्राप्त गर्ने आयाेजकले बताएका छन् ।
नेपाली अटोमोबाइल बजारका प्रख्यात र अग्रणी नामहरूः शारडा ग्रुप र गोल्छा अर्गाइजेसनको सहकार्यमा कार्निभल आयोजना गरिएको हो । ओमोडा, जेइको, जिकर (इभि सेग्मेन्ट) र निसान म्याग्नाइट (पेट्रोल संस्करण) का पछिल्ला मोडलहरू यो समूहले नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ । गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रन इ–सि–३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिरहेको छ ।
कार्निभलमा आधुनिक गाडीहरूको प्रदर्शन र टेस्ट–ड्राइभबाहेक अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एक्सेसरिजको सुविधा र कम्प्लिमेन्टरि ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश छ। साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
प्रकाशित मिति २०८१ माघ ५ गते शनिबार १२:५३




