पाेखरा ।
पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ ।
समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव आगामी फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् ।
महोत्सवमा दैनिक कथा वाचिका राधिका दासिबाट भागवतमन्जरी वाचन हुनेछ । महोत्सव अन्तर्गत फागुन ९ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् ।
दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाकी, फागुन १४ गते साझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवमा दान गर्ने दाताहरुलाइ दान रकमको आधारमा विगतका महायज्ञ सरह सम्मान गरिनेछ ।




