ट्रायल, लिखितलगायतका सेवा बन्द भएको जानकारी ( हेर्नुहोस् के के बन्द )
पोखरा । कोभिडको बढ्दो संक्रमणका कारण मुलुकका धेरैजसो स्थानमा निशेधाज्ञा जारी भएको छ । कास्की प्रशासनले पनि भोली १५ गते विहानैदेखि निशेधाज्ञाको आदेश जारी गरेको छ । कास्की प्रशासनको निशेधाज्ञापछि आम सर्वसाधारणमा सरकारी निकाय खुल्छन् वा खुल्दैनन्, अथवा सरकारी कार्यालयहरु पूर्ण वा आंशिक कस्तो प्रकृतिबाट बन्द हुन्छन् भन्ने चासो बढेको छ ।
यहि विचमा यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकीले एक सूचना प्रकाशन गरि अर्को आदेश नभइञ्जेलसम्मका लागि कार्यालयको सेवा बन्द भएको जानकारी दिएको छ । कास्की प्रशासनले जारी गरेको आदेशको बुँदा नं ८ बमाेजिम कार्यालयबाट सम्पादन हुने सेवाहरुमा फाराम दर्ता, लिखित परिक्षा, ट्रायल परिक्षा, नतिजा प्रकाशन, सवारी चालक अनुमतिपत्र नविकरणजस्ता सेवाहरु बन्द हुने जारी सूचनाम उल्लेख छ ।
सूचनामा कहिलेदेखि बन्द भन्ने व्यहाेरा नखुलेकाे भएपनि कास्की प्रशासनकै आदेश अनुसार भनिएको हुँदा यहि बैशाख १५ गतेदेखि यातायात सवारी चालक अनुमतिपत्रको सेवा बन्द हुने बुझिएको छ ।
हेर्नुहोस् जारी सूचना

प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०१:०६




