२०८३ साउन २१ गते बिहीबार

पोखरामा फुड फेस्टिभल एण्ड कन्सर्ट हुने

पोखरामा फुड फेस्टिभल एण्ड कन्सर्ट हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०६:३६

पोखरा । पाेखरा- १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने भएको छ । कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना...

कमेडी च्याम्पियन सिजन-३ का कमेडियनकाे प्रस्तुती विशेष आकर्षण

पोखरा ।

पाेखरा- १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट-२०८१’ आयोजना गर्ने भएको छ ।

कक्षा ११ र १२ का होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम माघ १५ गते हुने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सहभागी हुनेलाई पाँच सय र तीन सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर सहभागी हुनेले सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाउनेछन् ।

सोही अवसरमा आयोजना हुने कन्सर्टमा पोखरा व्याण्डहरुले लाइभ म्युजिक प्रस्तुत गर्ने सहायक प्राचार्य एवं कार्यक्रम संयोजक देवेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमको तयारी तीव्र बनाइएको छ । साथै उक्त अवसरमा कमेडी च्याम्पियन सिजन-३ का उत्कृष्ट कमेडियनले कमेडीसमेत प्रस्तुत गर्ने संयोजक अधिकारीले जानकारी दिए ।

२०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०६:३६
हजुरको प्रतिक्रिया