पोखरा ।
गण्डकी प्रदेश सामिजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानी पोखरामा खेलकुदको अथाह सम्भावना रहेको बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको पोखरामा उद्याटन गदै मन्त्री थापाले यहाँको हावापानी, हिमाल र तालतलैयाले खेलकुदको लागि अनुकुल वातावरण रहेको उनले बताए । पोखरालाई खेलकुद हवको रुपमा स्थापित गर्नुपर्छ भनेर सरकार लागि रहेको उनले दावी गरे ।
खेलकुदको विकासको लागि खोलाडी उत्पादन गर्न र खेल जगतलाई प्रवद्र्धन गर्न खेल पत्रकारले धेरै काम गर्न सक्ने उनको भनाई थियो । पोखरामा विभिन्न खालका खेलकुदका गतिबिधिहरु भइरहेको छ । पत्रकारहरुको साथ र सहयोगले खेलाडीले प्रोत्साहन र माइलेन लिन सक्ने छन् । यस तर्फ काम गर्न मन्त्री थापाले सुझाव दिए ।
कार्यक्रममा कास्कीको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले खेल क्षेत्रको विकासका लागि ग्रामिण क्षेत्रलाइ पनि संचार क्षेत्रले समेट्नु पर्ने बताए । संघीयताको मर्म अनुसार स्थानीय तहमा पनि खेलकुदका विविध गतिबिधिहरु संचालन भइरहेको स्मरण गराउदै ओझाले ती कार्यक्रमलाई पनि समेट्न र प्रचार प्रसारमा ल्याउनुपर्ने बताए ।
मञ्चको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको आवसरमा पूर्व अध्यक्षहरु तथा अक्षकोष स्थापनाका लागि आर्थिक सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो । मञ्चले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको अध्यक्ष दिननाथ बरालले जानकारी दिए । अधिवेशन अन्र्तगत मतदान सम्पन्न भएको छ । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ । भने अध्यक्ष, उपाध्यक्ष समावेसी, महासचिव र सचिवका लागि मतदान सम्पन्न भएको छ ।
प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार ०७:१८




