२०८३ साउन २१ गते बिहीबार

गोरखामा फागुन ७ गतेबाट नवौं गोर्खाली रनिङ कप हुँदै

गोरखामा फागुन ७ गतेबाट नवौं गोर्खाली रनिङ कप हुँदै

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ ११ गते शुक्रबार ०२:२१

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ।

 गोरखा ।

गोरखामा नवौं गोर्खाली रनिङ कप हुने भएको छ।

आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ७ गतेबाट १४ गतेसम्म ‘गोर्खाली रनिङ कप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लवको अभियान’ भन्ने मुल नाराका साथ गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो।

गोर्खाली रनिङ कपको विजेता टिमले ४ लाखरुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ भने उप बिजेताले दुई लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका महासचिव किरण ढकालले बताए ।

गोरखाको लागि यो सर्वाधिक राशीको फुटबल प्रतियोगिता हो। गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजको प्रक्षेपण छ।

प्रतियोगिता अवधिभर खेलमा अनुशासित टिमलाई ३५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदयमान खेलाडीलाई रु १० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ।

नवौं गोर्खाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २७ लाख ६० हजार खर्च हुने महासचिव श्रेष्ठले बताए। टिम दर्ता शुल्क भने १५ हजार तोकिएको छ ।

प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०२:२१
हजुरको प्रतिक्रिया