२०८३ असोज २४ गते शनिबार

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १२ गते शनिबार ०३:२२

पोखरा एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित...

पोखरा
एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो ।

पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । ंपाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित ग¥यो ।

यसअघि भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको थियो । आजै हुने तेस्रो खेलमा आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन कार्यक्रमपछि उक्त खेल सुरु हुनेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।

प्रकाशित मिति २०८१ माघ १२ गते शनिबार ०३:२२

हजुरको प्रतिक्रिया