गोरखा।
गोरखा नगरपालिका-१२, १० किलोमा राइजिङ्ग स्टार यूथ क्लबको आयोजनामा संचालित खुल्ला नाइन ए साईड तेस्रो राइजिङ्ग स्टार कप फुटबल प्रतियोगिता २०८१ को उपाधी खोप्लाङ एफसिले हात पारेको छ।
स्थानिय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा आयोजक क्लब राइजिङ्ग स्टार यूथ क्लबलाई ० का विरुद्ध १ गोल अन्तरले खोप्लाङ एफ सिले उपाधी उचालेको आयोजक क्लवका अध्यक्ष मनिष थापा मगरले बताए ।
उपाधी सगै क्लवले १ लाख १ हजार १११ नगद परस्कारसहित ट्रफी,मेडल तथा प्रमाणपत्र र फाईनलमा पराजित राइजिङ्ग स्टार यूथ क्लवले भने उपबिजेतामा सिमित रहदै ५० हजार ५५५ हजार नगद परस्कारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तै प्रतियोगिताको ब्यक्तिगत बिधा तर्फ खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य बेस्ट प्लेयर खोप्लाङ एफसिका सञ्जय श्रेष्ठ, बेस्ट किप्पर खोप्लाङ एफसिका केशर कोइराला र सर्वोत्कृष्ट गोलकर्ता राइजिङ्ग स्टार यूथ क्लबका साजन विकलाई घोषित गरियो। उनीहरूलाई ५/५ हजारका दरले नगद पुस्कार प्रदान गरिएको क्लले जनाएको छ ।
माघ ९ गते देखि संचालित प्रतियोगितामा जिल्लाका १७ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह आयोजक क्लबका अध्यक्ष मनिष थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर रानाको प्रमुख आतिथ्य एवं गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकर र गोरखा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष डिल बहादुर थापा मगरको बिशिस्ट आतिथ्यमा भएको थियो।
कार्यक्रमको संचालन खेलकुद पत्रकार मोहन गुरुङ्गले गरेका थिए ।
प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०४:०६




