पोखरा ।
लोक कवि अलि मियाँको स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको उद्याटन खेलमा ट्रिकर एफसी काउखोलाले जितेको छ । नेपाल मुस्लिम युथ समितिको सी टिमलाई ६–० गोलअन्तरले पराजित गदैँ ट्रिकरले खेल जितेको हो ।
यस्तै आजै भएको दोस्रो खेलमा एलसी ब्रदर्श लामाचौरले मिक्की एफसी रामबजारविरुद्ध २–१ को अन्तरमा जित निकाल्यो ।
प्रतियोगिता अन्तरर्गत सोमबार सात खेल हुने आयोजक समितिका सरशुल हकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।
समितिका अध्यक्ष अब्वास अलिमियाँको अध्यक्षतामा भएको प्रतियोगिताको समाजसेवी दिपक गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्याटन थिए ।
उद्यााटन कार्यक्रममा पोखरा महानगर वडानम्बर १३ का कार्यवाहक अध्यक्ष सुचित तामाङ, लोक कवि अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हाजी हनिफ मियाँ, मियापाटन मुस्लिम समाजका अध्यक्ष मौलाना क्रामुदीन मियाँ, मस्जिद अलअबसाका इमाम हुसेन मियाँ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, इकवाल मिया लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
प्रकाशित मिति २०८१ माघ १३ गते आइतबार ०६:४२




