२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय टी–२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

त्रिदेशीय टी–२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०९:४६

नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ ।

पोखरा ।

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टी–२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले घरेलु मैदानमा हुने शृंखलाका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

कीर्तिपुरको त्रिवि मैदानमा यही माघ १७ गते बिहिबारदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृंखला हुँदैछ ।

नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ ।

सबै टोलीले आपसमा २\२ पटक प्रतिस्पर्धा गर्नेछन् ।नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ ।

माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् ।

माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०९:४६
हजुरको प्रतिक्रिया