२०८३ साउन २१ गते बिहीबार

टाइगर कप भलिबलः एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो

टाइगर कप भलिबलः एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ११:००

अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

पोखरा
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको पहिलो खेलमा ‘जित्ने समूह’ अन्तर्गत एपिएफले न्यू डायमन्डलाई सोझो सेटमा पराजित गरेको हो ।

एपिएफले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन् ।

खेलको बेष्ट स्पाइकर न्यू डायमण्डकी सलिना बुढामगर बनिन् । ‘जित्ने समूह’ मा एपिएफ, न्यू डायमण्डसहित आयोजक टोली छन् ।

अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

 

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ११:००
हजुरको प्रतिक्रिया