२०८३ साउन २१ गते बिहीबार

‘व्याक टु नाइन्टिज’ को टाइटल स्पोन्सरमा होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स

‘व्याक टु नाइन्टिज’ को टाइटल स्पोन्सरमा होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०५:४२

पोखरा पोखरामा हुने ‘व्याक टु नाइन्टिज’ को टाइटल स्पोन्सरका रुपमा नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स  स्कुल रहने भएका छन् । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा माघ २६ गते हुने उत्त कार्यक्रमको टाइटल स्पोन्सरको...

पोखरा
पोखरामा हुने ‘व्याक टु नाइन्टिज’ को टाइटल स्पोन्सरका रुपमा नेपाल टुरिजम तथा होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स  स्कुल रहने भएका छन् । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा माघ २६ गते हुने उत्त कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा होटल म्यानेजमेन्ट कलेज र कुमुदिनी होम्स  जोडिएका हुन् ।

सम्झौता पत्रमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ र कलेजका सञ्चालक अशोक पालिखेले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा पोखरा सांगीतिक कलाकार संघ अध्यक्ष हर्कराज गुरुङ र सांगितिक कलाकार संघको सचिव भाष्करध्वज श्रेष्ठ पनि सहभागी थिए ।

९० को दशकमा व्याण्डहरुको राजधानीका रूपमा ख्याती कमाएको पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रम माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ ।

कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय अन्र्तराष्ट्रिय ख्याती कमाउन सफल ७ वटा व्याण्डहरुले प्रस्तुती दिनेछन् । कन्दरा ९विवेक श्रेष्ठ०, डि–मर्चा व्याण्ड भाष्करध्वज श्रेष्ठ, लेकाली व्याण्ड नवीन गुरुङ र भाई गुरुङ, देउराली व्याण्ड शान्त बज्राचार्य, ब्रोसिस व्याण्ड प्रकाश राना, मध्याह्न व्याण्ड कर्णदास र कुमार गुरुङ तथा भेगाबोण्ड व्याण्ड श्यामसुङ तामाङको प्रस्तुती रहनेछ ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०५:४२
हजुरको प्रतिक्रिया