२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप दुईजना संक्रमितको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०४:१५

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एक महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागलुङ नगरपालिका–११ की ६१ वर्षीया...

काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एक महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो । उनमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखा नगरपालिका–१४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१९ पुगेको छ ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०४:१५
हजुरको प्रतिक्रिया