२०८३ असोज २३ गते शुक्रबार

सरकार परिवर्तन गर्ने गरि बसेकाे बैठकमा दुई सांसद नै अनुपस्थित

सरकार परिवर्तन गर्ने गरि बसेकाे बैठकमा दुई सांसद नै अनुपस्थित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०५:०९

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित रहे । कांग्रेस-माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतनत्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका...

पोखरा । गण्डकी प्रदेशसभाको जारी वैठकमा दुई सांसद अनुपस्थित रहे ।

कांग्रेस-माओवादी सहितका दलले पेस गरेको अविश्वास प्रस्तावमा अन्तिम छलफल र मतदानका दिन स्वतनत्र सांसद दिपक मनाङे र जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका हुन् । उनीहरुले फोन स्वीचअफ भएपछि विश्वास प्रस्तावका पक्षधरहरु सशंकित बनेका छन् ।

उनीहरूमध्ये शाहीलाइ अपहरण गरिएकाे वा कुनै प्रलाेभनमा पारिएकाे हुनसक्ने अनुमान विपक्षीहरूले गरेका छन् ।

अविश्वास प्रस्तावका पक्षधरले जनमोर्चाको समर्थनको आशा गरेका थिए । अविश्वास प्रस्ताव पारित हुन ६० सदस्यीय प्रदेशसभामा ३१ मत चाहिन्छ । कांग्रेसको १५ र माओवादीको ११ सांसदसहित २६ जना छन् । जसपाका २ जना छन् ।

अब जनमोर्चाका दुवैजनाले मत दिए पनि अविश्वास प्रस्ताव पारित हुने सम्भावना कम छ । तर, जनमोर्चाका कृष्ण थापा पनि अविश्वास प्रस्तावको पक्षमा जाने पार्टीको निर्णयप्रति असन्तुष्ट छन् । माओवादीबाट सभामुख भएका नेत्रनाथ अधिकारीले भने भोट हाल्न पाउँदैनन् । एमालेका एकजना माधव नेपाल पक्षधर सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरे भनेमात्र सरकार संकटमा पर्छ ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०५:०९
हजुरको प्रतिक्रिया